१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सहायक पाइलट सृजन मानन्धरको पनि मृत्यु

राधा ढुंगाना

सोलुखुम्बु- सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको जहाज दुर्घटना हुँदा सहायक पाइलट सृजन मानन्धरको पनि मृत्यु भएको छ। गम्भीर घाइते अवस्थामा लुक्ला अस्पतालमै उपचार गराइरहेका मानन्धरको बेलुकी अबेर मृत्यु भएको हो।

हिजो दिउँसै थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएपनि मौसमका कारण हेलिकोप्टर उडान हुन नसकेपछि उनको उपचार लुक्लामै भइरहेको थियो। तर आवश्यक उपचार हुन नसकेपछि उनको मृत्यु भएको हो।

पाइलट पारसकुमार राईको उपचारकै क्रममा शनिबारै मृत्यु भएको थियो। यता एयर होस्टेज प्रज्ञा महर्जनको स्वास्थ्य भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

त्यस्तै दुर्घटनाका घाइते एयरहोस्टेज प्रज्ञा महर्जनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। उनलाई हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको हो। आइतबार बिहान सवा सात बजे मनाङ एयरको हेलिकोप्टरबाट उनलाई काठमाडौंको ग्राण्डी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ।

शनिबार काठमाडौंबाट कार्गो उडान भरेर लुक्ला आएको गोमा एयर अवतरणको क्रममा रुखमा ठोक्कीएर दुर्घटना भएको थियो।

प्रकाशित: १४ जेष्ठ २०७४ ०३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App