१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भरतपुर वडा नं. २२ मा एमाले विजयी

चितवन- भरतपुर महानगरपालिकाको वडा नं. २२ मा नेकपा (एमाले)का तर्फबाट उम्मेद्वार रहेका विष्णु महतो विजयी भएका छन्। योसहित भरतपुरका कुल २९ वटा वडामध्ये १४ वटा वडामा एमालेले वडाध्यक्ष जितेको छ ।  शनिबार साँझ पख घोषणा भएको मत परिणाम अनुसार महतोले एक हजार ६ मत ल्याएर काँग्रेसका उम्मेद्वारलाई पराजित गरेका हुन्।

                भरतपुरमा २५ वटा वडाको मत गणना सकिएको छ । अहिलेसम्म एक हजार ४३० मतले मेयर पदमा नेकपा (एमाले)का उम्मेद्वार देवि ज्ञवाली काग्रेस माअ‍ेवादी गठबन्धनकी माओवादी उम्मेद्वार रेणु दाहालभन्दा अगाडी छन् । वडा नम्बर एमालेले २२ मा वडाध्यक्षसहित प्यानलै जिते पनि ज्ञवालीको मतान्तर बढाउन भने सकेन।

                हालसम्म मेयरमा एमालेका उम्मेद्वार देवि ज्ञवालीको मत संख्या ३८ हजार ५६७ पुगेको छ। गठबन्दनकी उम्मेद्वार रेणु दाहाललाई ३७ हजार १३७ मत आएको छ । अब गन्न बाँकी रहेका वडाहरुमा १८, १९, २०, र २१ वडाहरु हुन् । पालो अनुसार अब १८ नम्बर वडाको मत गणना सुरु भएको छ । कुल एक लाख १२ हजार ७४१ मत खसेको भरतपुरमा अब १३ हजार २९८ मत मात्रै गन्न बाँकी छ।

                अहिलेसम्म नतिजा घोषणा भएकामध्ये २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ नम्बर वडामा एमालेका उम्मेद्वारहरु वडाध्यक्ष पदमा विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेद्वारहरु १, ३, ६, ८, १४, १५, १७ र २७ नम्बर गरेर कुल आठवटा वडामा वडाध्यक्षमा विजयी भएका छन् । माओवादीका उम्मेद्वारहरु १३, २५ र २६ नम्बर गरेर तीनवटा वडामा वडाध्यक्षमा विजयी भएका छन्।

               

               

प्रकाशित: १३ जेष्ठ २०७४ १४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App