सेन स्मृति दिवसको अवसरमा पत्रकार पुरस्कृत

शनिबार, १३ जेठ २०७४, १७ : २९ नागरिक

काठमाडौँ- पत्रकार एवम् साहित्यकार सहिद कृष्ण सेन ‘इच्छुक’ को १५ औँ स्मृति दिवसको अवसरमा विभिन्न सङ्घ/संगठनले प्रभावतफेरीको आयोजना गरेका छन।

प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासङ्घ, क्रान्तिकारी पत्रकार सङ्गठन र प्रेस सोसाइटीले संयुक्त रुपमा आज बिहान आयोजना गरेको प्रभातफेरी नयाँ वानेश्वरबाट सुरू भएर बबरमहल हुँदै माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो।

सो अवसरमा प्रेस सेन्टर नेपालले प्रदान गर्ने ‘कृष्ण सेन इच्छुक स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ बाट बेपत्ता पत्रकार एवम् तत्कालीन ‘सिन्धुली पोष्ट साप्ताहिक’का सम्पादक चित्रनारायण श्रेष्ठलाई प्रदान गरिएको थियो ।

सेन्टरले बेपत्ता ‘कलम योद्धा’ श्रेष्ठका लागि रू २५ हजारको राशि सहित उनकी जीवनसङ्गिनी सावित्रा श्रेष्ठलाई सो पुरस्कार प्रदान गरेको हो ।

पुरस्कार छनोटका लागि सेन्टरका उपाध्यक्ष ओम शर्माको संयोजकत्वमा उपाध्यक्ष बलराम थापा र सचिव मनोज घर्ती मगर सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको थियो ।

कमलामाई–९, ढुङ्ग्रेबास (साबिक), सिन्धुली निवासी ‘सिन्धुली पोष्ट’ साप्ताहिकका तत्कालीन सम्पादक श्रेष्ठलाई प्रहरीले २०५७ जेठ १७ गते सर्लाहीको हरिवनबाट गिरफ्तार गरेको थियो । उनी हालसम्म बेपत्ता छन्।

त्यसैगरी क्रान्तिकारी पत्रकार सङ्गठनले प्रदान गर्ने ‘कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार’ जनयुद्धका घाइते पत्रकार दीपेन्द्र रावललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही १० हजार रूपैयाँ रहेको छ ।
सोही अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले हरेक वर्ष इच्छुक दिवस मात्रै मनाउनेभन्दा पनि उनको हत्यामा संलग्न हत्यारामाथि कारवाही हुनुपर्ने माग गरे।

प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष गोविन्द आचार्य, क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउत, क्रान्तिकारी पत्रकार सङ्गठनका अध्यक्ष प्रभात चलाउने र प्रेस सोसाइटीका वरिष्ठ उपाध्यक्ष केशव अर्यालले ‘इच्छुक’ ले नेपाली पत्रकारितामा पुर्‍याएको योगदानको चर्चा गरे। रासस

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad