१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भरतपुर वडा नं. १७ मा काँग्रेस विजयी, ज्ञवाली र दाहालबीचको मतअन्तर घट्दो

चितवन- भरतपुर महानगरपालिकाको वडा नं. १७ मा नेपाली काँग्रेसका उम्मेद्वारहरु प्यानलसहित विजयी भएका छन्। वडामा काँग्रेस विजयी हुँदा मेयर पदमा काँग्रेस माओवादी गठबन्धनबाट उम्मेद्वार रहेकी माओवादीकी रेणु दाहाललाई फाइदा पुगेको छ। सो वडाको मत परिणामले ज्ञवाली र दाहालबीचको मतान्तरलाई घटाएको छ।

                शनिबार घोषणा भएको वडा नं. १७ को अन्तिम मत परिणाम अनुसार मेयरमा एमालेका उम्मेद्वार देवि ज्ञवालीको मत संख्या ३७ हजार ५१६ पुगेको छ । गठवन्धनका उम्मेद्वार रेणु दाहाललाई ३५ हजार ९३३ मत आएको छ । दाहालभन्दा ज्ञवाली एक हजार ५८३ मतले अगाडी छन् । १७ को गणना सकिनुअघि ज्ञवाली एक हजार ८२० मतले अगाडी थिए ।

                कुल २९ वटा वडाहरु रहेको भरतपुरमा अब पाँचवटा वडाको मात्रै मत परिणाम आउन बाँकी छ। अब गन्न बाँकी रहेका वडाहरुमा १८, १९, २०, २१ र २२ नम्बर वडाहरु हुन् । पालो अनुसार अब २२ नम्बर वडाको मत गणना सुरु भएको छ । कुल एक लाख १२ हजार ७४१ मत खसेको भरतपुरमा अब १६ हजार १५० मत मात्रै गन्न बाँकी छ।

                अहिलेसम्म नतिजा घोषणा भएकामध्ये २, ४, ५, ७, ९, १०, ११, १२, १६, २३, २४, २८ र २९ नम्बर वडामा एमालेका उम्मेद्वारहरु वडाध्यक्ष पदमा विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेद्वारहरु १, ३, ६, ८, १४, १५, १७ र २७ नम्बर गरेर कुल आठवटा वडामा वडाध्यक्षमा विजयी भएका छन् । माओवादीका उम्मेद्वारहरु १३, २५ र २६ नम्बर वडामा वडाध्यक्षमा विजयी भएका छन्।

               

               

प्रकाशित: १३ जेष्ठ २०७४ ०९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App