१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ससुरालीमा इज्जत जोगाउन फुपाजुको हत्या

धादिङ- स्थानीय तह चुनावको दिन हत्या भएका धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ पिपलडाँडाका लक्ष्मण चेपाङको हत्यारा गाउँबाटै पक्राउ परेको छ । दाङ घर भई पिलडाँडा नै ससुराली भएका अर्जुन बुढामगरलाई प्रहरीले पक्राउ गरेको हो । हत्या भएको १२ दिनपछि घटना भएको गाउँबाट नै पक्राउ परेका अर्जुनले लक्ष्मणको हत्या आफैले गरेको प्रहरी सामु स्वीकारेका छन् ।

अर्जुनको ससुराली घर र लक्ष्मणको घर एउटै गाउँमा हो। चेपाङ भनाई अनुसार नाताले लक्ष्मण र अर्जुन फुपाजु र भदा हुन् । हत्या भएका लक्ष्मण पुसै र पक्राउ परेका अर्जुन भदा नाता पर्छ । पसल फुटाएर रक्सी चोरेको लक्ष्मणले देखेपछि गाउँमा हल्ला फैलाउने र ससुराली गाउँमा आफ्नो इज्जत बचाउनका लागि लक्ष्मणको नै हत्या गरेको अर्जुनले प्रहरीमा बयान दिएका छन् ।

लक्ष्मणको हत्या गर्नु अघि अर्जुनले आफ्नै सासु आइतीमायाँ चेपाङको पसल फुटाएका थिए । ‘पसल फुटाएर वियर निकालेको थिए, लक्ष्मणले देख्यो । ससुरालीमा इज्जत जोगाउन लक्ष्मणको हत्या गरेको अर्जुनले बयानमा भनेका छन्’ जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दिपेन्द्र पञ्जियार भने ।

घटना भएकै दिनदेखि अनुसन्धानको लागि जोगिमारा प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक राजु पौडेलको नेतृत्वमा घटना स्थलमा नै खटिएको थियो ।

प्रकाशित: १३ जेष्ठ २०७४ ०८:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App