१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रतिवन्धित १८ लाख भारु सहित १० जना पक्राउ

काठमाडौं- भारतले प्रतिबन्ध लगाएको हजार र पाँच सयको १८ लाख भारु सहित १० जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महाराजगन्जबाट बिमल गुरुङ, सन्तोष खत्री, नवराज बस्नेत, रिषु गिरी, कैया चौधरी, राजु थापा,रामेश्वर चौधरी , नरेन्द्र बहादुर महरा, बेलकुमार कार्की र कुमार कार्कीलाई पक्राउ गरेको हो।

 ब्युरो प्रवक्ता मिरा चौधरीका अनुसार अबैध भारु कसरी चलाउने भन्ने योजना बनाइरहेको सूचनाको आधारमा छापा मार्दा १८ लाख ४४ हजार फेला परेको हो। जेठमा काठमाडौंमा प्रतिबन्धित भारु फेला परेको यो चौथो घटना हो। यसअगाडि करिब ४ करोड रुपैयाँ बराबरको भारु सहित १८ जना पक्राउ परिसकेका छन्। प्रहरी अनुसन्धानमा नेपाल र भारतीय गिरोहको मिलेमतोमा भारतको हरियाणाबाट ती नोट नेपाल ल्याएको खुलेको थियो।

स्रोत नखुलेको पैसा भारतमा साट्न नसकेपछि गिरोहले नेपाल भित्र्याएको प्रहरीको निष्कर्ष छ। नेपाल-भारतबीच भारु सटहीमा सहमति हुन बाँकी छ। नेपाल भित्र्याएको रकम साट्न सकिने भन्दै प्रतिनोट २ रुपैयामा किनेर नेपाल ल्याउने गरेको प्रहरीको निष्कर्ष छ।

 

प्रकाशित: १२ जेष्ठ २०७४ ११:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App