१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेसले प्रदेश नं १ मा उम्मेदवार टुङ्ग्यायो

काठमाडौँ –नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ को पहाडी जिल्लाका उम्मेदवार टुङ्ग्याएको छ । 

केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी एवम् वरिष्ठ नेताको बैठकले प्रदेश नं १ का पहाडी जिल्लाका उम्मेदवार तय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रदेश नं ७ का कैलाली र कञ्चनपुरका विषयमा छलफल सुरु भएको उनले बताए। 

उम्मेदवार तय गर्न बसेको बैठक आजै तीन बजेसम्मका लागि अहिले स्थगित गरिएको छ । तीन बजेपछिको बैठकमा प्रदेश नं ७ का बाँकी जिल्ला र प्रदेश नं २ का विषयमा छलफल गरिने उनले बताए । 

काँग्रेसले निर्वाचन क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्ग्याउने अधिकार दिएको छ । क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा आउने व्यवस्था गरेको छ । 

केन्द्रीय समितिमा आएका विषयमा पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताको समूहले निर्णय गर्ने गरेको छ । 

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला लगायतका नेताको सहभागिता छ । रासस 

प्रकाशित: १२ जेष्ठ २०७४ ०९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App