१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई देउवा र दाहालले भने: राजीनामा दिएर बाटो खुला गरिदिनुस्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुला गर्न आग्रह गरेका छन्।

अविश्वास प्रस्तावको सामना गर्ने  अडानमा रहेका प्रधानमन्त्री ओलीले सोमबार साँझ देउवा र दाहाललाई प्रधानमन्त्री निवास बालुवाटर बोलाएका थिए। आइतबार कानुन व्यवसायीसँग परामर्श गरेका प्रधानमन्त्री ओलीले सोमबार साँझ देउवा र दाहालसँग छलफल गरेका हुन्। माओवादी र कांग्रेस संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि नयाँ सरकार गठनबारे मत बाझिँदै आएको छ। छलफलको क्रममा प्रधानमन्त्री ओलीले संविधान अनुसार नयाँ प्रधानमन्त्री चयन गर्ने प्रावधान नभएको ले के गर्ने भन्दै प्रश्न गरेको स्रोतले जनाएको छ।

सभापति देउवाले संविधानमा नयाँ प्रधानमन्त्री चयन गर्ने व्यवस्था भएको र संसदले नियमावलीले पनि त्यसको व्यवस्था गरेको बताएका थिए।

देउवाले प्रधानमन्त्रीले राजीनामा गरेर नयाँ सरकार गठनको बाटो खुला गर्नु पर्ने धारणा राखेका थिए। 'राजीनामा दिए तपाइ (प्रधानमन्त्री ओली)को लागि पनि सहज हुन्छ' छलफलको क्रममा देउवाले भनेका थिए। त्यस नभएमा अविश्वासको प्रस्ताव आउने र त्यसै अनुसार सरकार गठनको प्रक्रिया सुरु हुने देउवाले बताए।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइ कांग्रेससँग मिलेर संसदमा अविश्वासको प्रस्ताव गर्दा गरेको छ। तर प्रधानमन्त्री ओलीले राजीनामा नदिने बरु अविश्वास प्रस्तावको सामना गर्ने बताउँदै आएका छन्। प्रधानमन्त्रीले संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन हुन नसक्ने बताउँदै आएका छन्।

प्रकाशित: ३ श्रावण २०७३ १३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App