माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगायो

बिहिबार, ११ जेठ २०७४, ११ : ०३ नागरिक

दाङ – आगामी जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि नेकपा माओवादी केन्द्र दाङले जिल्लाका दशवटै स्थानीय तहका उम्मेदवार टुङ्गो लगाएको छ । 

दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटै गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाएको माओवादी केन्द्र दाङले जनाएको छ । जिल्लाका सयवटै वडामा पनि उम्मेदवार टुङ्गो लगाएको माओवादी केन्द्र निर्वाचन परिचालन समिति दाङका संयोजक निर्मल आचार्यले जानकारी दिए । 

माओवादी केन्द्रले तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा शेषुराम भण्डारी र उपप्रमुखमा सीता ओली, घोराही उपमहानगरपालिकाको प्रमुखमा जीवन गौतम र उपप्रमुखमा सीता चौधरी तथा लमही नगरपालिका प्रमुखमा द्रौपदा पौडेल र उपप्रमुखमा कालुराम चौधरीलाई उम्मेदवार बनाइएको छ । 

यसैगरी बबई गाउँपालिका अध्यक्षमा सुशील खड्का क्षेत्री र उपाध्यक्षमा उर्मिला ओली, शान्तिनगर गाउँपालिका अध्यक्षमा नेवबहादुर रोका र उपाध्यक्षमा राधिका परियार, दङ्गीशरण गाउँपालिकाका अध्यक्षमा हिरालाल चौधरी र उपाध्यक्षमा सीता बस्नेत, बङ्गलाचुली गाउँपालिकाका अध्यक्षमा भक्तबहादुर ओली र उपाध्यक्षमा यमुना घर्ती तथा राप्ती गाउँपालिकाका अध्यक्षमा श्यामेश चौधरी र उपाध्यक्षमा भगवता शर्मा अधिकारीलाई उम्मेदवार बनाइएको माओवादी केन्द्र दाङले जनाएको छ । 

त्यस्तै राजपुर गाउँपालिकाका प्रमुखमा श्यामबहादुर झाँक्री र उपप्रमुखमा पुष्पा यादव तथा गढवा गाउँपालिकाको अध्यक्षमा लुमाकान्त न्यौपाने र उपाध्यक्षमा रमा चौधरीलाई उम्मेदवार बनाइएको माओवादी केन्द्र दाङले जनाएको छ । रासस 







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । ...

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् । ...

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँं प्रविधि नेपाल भित्रिने भएको छ। ...

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। ...

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

यस लेखमा एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिकाको बारेमा चर्चा गरिएको छ ...

Ncell Footer Ad