१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देउवाले दिए दाहाललाई धन्यवाद

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  नेकपा माओवादी (केन्द्र)सँग भएको राजनीतिक सहमति अनुरुपको सहकार्य भविष्यमा पनि निरन्तर रहने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसँगको सत्ता साझेदारीको सहमति अनुसार आज राजिनामा दिएपछि एक विज्ञप्ती जारी गर्दै देउवाले कांग्रेस र माओवादी (केन्द्र) बीच भएको सहमति अनुरुप सरकारको नेतृत्व परिवर्तन गर्न प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएकोमा धन्यवाद व्यक्त गरेका छन्।  

सरकारले स्थानीय निर्वाचन, आर्थिक बृद्धिदर लगायतका विषयमा सफलता प्राप्त गरेको भन्दै प्रधानमन्त्रीको  प्रशंशा समेत गरेका छन्। उनले सरकार परिवर्तनको प्रक्रियाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रभावित नहुने र समयमै निर्वाचन हुने कुरामा सबैलाई ढुक्क हुन आग्रह समेत गरेका छन्।

 

प्रकाशित: १० जेष्ठ २०७४ १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App