१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हेटौँडामा कांग्रेस-माओवादी गठबन्धन तोडेर एमाले बिजयी

अशोक सुजन श्रेष्ठ

हेटौँडा- हेटौंडा उपमहानगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन तोड्दै एमालेले जितेको छ। मेयरमा एमालेका हरिबहादुर महत र उपमेयरमा एमालेकै मीना लामा बिजयी भएका छन्।

महतले छ सय १५ को मत अन्तरले जित हासिल गरेका हुन् । उनले २३ हजार हजार १ सय २४ मत ल्याए । निकट्तम प्रतिद्धन्द्धी काँग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५ सय ९ मत ल्याए । त्यस्तै, राप्रपाका मधु अधिकारीले ६ हजार ८ सय ५७ मत पाए।

उपमेयरमा एमालेकी मीना लामा ६ हजार ४ सय २६ को फराकिलो मतअन्तरले बिजयी भईन्। उनले माओवादी केन्द्रका बलराम बललाई पराजित गरिन् । लामाले २३ हजार ४ सय ३७ मत पाएर बिजयी हुँदा बलले १७ हजार ११ मत पाए भने राप्रपाकी ईन्दिरा न्यौपाने ७ हजार ७ सय २ मत पाईन् ।

मेयरमा निर्बाचित भएपछि महतले नमुना उपहानगरपालिका बनाउँन बिकास निर्माणमा जोड दिईने बताए । उनले घोषणा पत्रअनुसार सफा, हरियाली, खानेपानी, शिक्षा, स्वास्थ्य, फराकिला सडक निर्माणमा बिशेष ध्यान दिनेमा जोड दिए । हेटौँडा उपमहानगरपालिकामा गाभिएका ५ गाबिसमा बिकासको मुल फुटाउने गरि बिकास, निर्माण गरिने उनले दाबी गरे । उनी २०४९ र २०५४ मा भएको स्थानीय निकायको चुनावमा दुई पटक एमाले मार्फत् उपमेयर भएका थिए ।

एमालेले स्थानीय निर्बाचनमा हेटौँडामा तेश्रो पटक लगातार जितेको हो । २०४९ र २०५४ मा भएको स्थानीय निकायको चुनावमा एमालेले जितेको थियो । मकवानपुरको निर्बाचन क्षेत्र नम्बर ३ (तत्कालिन हेटौँडा नगरपालिका र गाभिएको चुरियामाई र पदमपोखरी गाबिस)बाट पनि एमालेले संबिधान सभाको दोश्रो निर्बाचनमा जित हासिल गरेको थियो ।

एमालेले हेटौँडाको १२ वडामा बिजय हासिल गरेको छ भने काँग्रेसले ५ वडामा र माओवादीले २ वडामा बिजयी भएको छ ।

८३ हजार ५ सय ९७ मतदाता रहेको हेटौँडामा ६२ हजार ८० जनाले मतदान गरेका थिए । हेटौंडासहित थाहा नगरपालिका र भिमफेदी गाउँपालिकामा कांग्रेस–माओवादी केन्द्रले तालमेल गरेका थिए।

प्रकाशित: १० जेष्ठ २०७४ १२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App