१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौंमा रञ्जुको १६ हजार बढी मत

विवेकशीलकी मेयर प्रत्यासी रञ्जु न्यौपाने

काठमाडौं—काठमाडौँ महानगरपालिकामा एक लाख ३२ हजार ८८६ मतगणना गर्दा नेकपा (एमाले)ले ४४ हजार ३२१ मत प्राप्त गरी आफ्नो अग्रता कायम गरेको छ।

अहिलेसम्मको मतगणना हेर्दा कामपामा नेकपा (एमाले)का उम्मेदवार विद्यासुन्दर शाक्यले ४४ हजार ३२१ मत प्राप्त गरी अग्रस्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशीले ३० हजार ९७० मत प्राप्त गरेका छन्।

विवेकशील दलकी रञ्जु न्यौपानेले १६ हजार ६१ र साझाका किशोर थापाले १२ हजार ५७ मत प्रप्त गरिएको छ। नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सर्वोत्तम डङ्गोलले चार हजार ९७४ मत प्राप्त गरेका छन्।

यसैगरी, उपप्रमुखमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले ४० हजार १०५, राप्रपाका राजाराम श्रेष्ठले २४ हजार १०३, साझा पार्टीका तर्फबाट निरुपमा यादवले सात हजार ७९० मत र माओवादी केन्द्रकी सुशीला पौडेलले ६ हजार ५५८ मत प्राप्त गरेका छन्।

तत्कालका लागि ४, १८, २० र ३२ नं वडाको जम्मा मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ। १०, १४ र १६ नं वडाको मतगणाना सुरु गर्न लागिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए। रासस

प्रकाशित: १० जेष्ठ २०७४ ०५:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App