१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

स्थानीय तहको फेरबदलले अन्यौलमा उम्मेदवार

रौतहट- गाउँमा चुनाव प्रचारका लागि हिँडिसकेका स्थानीय नेताहरु स्थानीय तहको फेर बदलले अन्यौलमा परेका छन्। उम्मेदवारी दर्ता गर्ने एक हप्ता पहिले स्थानीय तहको संरचनामा परिवर्तन भएपछि उम्मेदवारहरु अन्यौलमा परेका हुन्।

तीनवटा नगरपालिका र १३ वटा गाउँपालिका रहेको रौतहटमा रातारात १५ नगरपालिका र ३ गाउँपालिका सरकारले घोषणा गरेपछि जिल्लामा अन्यौलको वातावरण बनेको हो। अघिल्लो पटक स्थानीय तहको संख्या थप्दा रौतहटमा धेरै गाउँपालिका र नगरपालिकामा वडा देखी स्थानीय तहसम्मको संरचना चलाइएको थियो ।

अहिले देशमा नै झण्डै सवैभन्दा बढी नगरपालिका भएपछि उम्मेदवारहरु नै नगरप्रमुख की अध्यक्ष कसको प्रचार गर्ने भन्ने अन्योलमा छन्। नगरपालिका थप्ने निर्णय गरेको निकायले समयमा पुनः समरचना गरिएको स्थानीय तहको वडा सहितको तथ्याँक सार्वजनिक नगरेपछि झन अन्योल बढेको छ। धेरै उम्मेदवारलाई नै आफु कुन स्थानीय तहको हो भन्ने अन्यौलमा रहेका छन्।

राजपा नेपालका सह–महासचिव अजय गुप्ताले स्थानीय तहमा परिवर्तन गरिएको नयाँ घोषणा अनुसारको परिपत्र कतै नभएको र कुनै सञ्चार माध्यममा यस सम्बन्धी तथ्याँक नआएकोले स्थानीय तहमा दल, उम्मेदवार, कार्यकर्ता तथा नेताहरु सवै अन्योलमा परेको बताएका छन्। चुनावमा जाने तयारीमा रहेका पार्टीहरुले समेत नयाँ घोषणाले अन्यौलमा परेको राजपा नेता गुप्ताले बताए।

मधेसवादी दलहरुको असन्तुष्टिलाई सम्बोधन गर्न र निकै पहिलेदेखीको अडानलाई पुरा गर्न सरकारलाई स्थानीय तहको संख्या थपगर्नु सकारात्मक रहेपनि दल र निर्वाचन आयोगलाई केही चुनौती थपिएको मधेस सम्बन्धि जानकार पत्रकार चन्द्र किशोर झाले बताए। स्थानीय तहमा सर्वसाधारण नागरिक, दलका कार्यकर्ता र नेता देखी उम्मेदवार सम्म नयाँ घोषणाले अन्यौल बढाएको बताउँदै पत्रकार झाले निर्वाचन आयोगलाई समयमा नयाँ स्थानीय तहमा कार्यालय स्थापना गरी निर्वाचन गराउन हतारमा काम गर्नुपर्ने चुनौती थपिएको बताए।

 

प्रकाशित: ९ जेष्ठ २०७४ १२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App