१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले संसदमा सम्वोधन गर्दै, राजीनामा दिन सक्ने

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा सम्बोधन गर्दै छन्। उनी निकट स्रोतका अनुसार दाहालले सम्बोधनसँगै राजीनामा गर्ने तयारीमा छन्।  प्रचण्ड संसदलाई सम्बोधन गर्दै राजीनामा गर्ने तयारीमा छन् ।

दाहालले सम्बोधनको क्रममा आफ्नो कार्यकालमा भएका उपलब्धीहरु संसदलाई जानकारी गराउने छन्।

सरकार निर्माणको समयमा नेपाली कांग्रेससँग भएको समझदारी अनुसार दाहालले राजीनामाको तयारी गरेका हुन्। दाहाल पछि कांग्रेस सभापति शेरबहादुर देउवा बन्ने समझदारी अनुसार दाहाल कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका थिए।

यस अघि माओवादी सचिवालय बैठकले प्रधानमन्त्रीको राजीनामाको बारेमा आधिकारिक निर्णय गरिसकेको थियो।

स्थानीय तहको संख्या थपबारे प्रमुख प्रतिपक्षी दल असन्तुष्ट देखिएको छ। संसदमा अवरोध नभएको खण्डमा सम्वोधन गर्दै राजीनामा दिने तयारी रहेको दाहाल सचिवालय स्रोतले जनाएको छ।

 

 

प्रकाशित: ९ जेष्ठ २०७४ १०:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App