काठमाडौं- बुढानिलकण्ठ नगरपालिकामा एमालेका उद्वव खरेल विजयी भएका छन्। उनले नेपाली कांग्रेसका राजु श्रेष्ठलाई पराजित गरे।
उपमेयरमा पनि एमालेकै रमादेवी राई विजयी भएकी छन्। उनले कांग्रेसकी सुभद्र खड्कालाई पराजित गरिन्।
राजधानीमा १ महानगर सहित १० नगरपालिका रहेका छन्। महानगरका १० वटै नगरपालिकाको नतिजा सार्वजनिक भएको छ। जसमा ६ मा एमाले र ४ मा नेपाली काग्रेस विजयी भएका छन्।
प्रकाशित: ८ जेष्ठ २०७४ १४:५० सोमबार