१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौंमा काँग्रेसका जोशी झन्डै ९ हजार मतले पछि परे, १२ हजार मतका साथ विवेकशीलकी रञ्जु तेस्रो

काठमाडौं—काठमाडौं महानगरपालिकाको जारी मतगणनामा एमालेका मेयर प्रत्यासी विद्यासुन्दर शाक्यले झन्डै ९ हजार मतको अग्रता लिएका छन्। कूल ९६ हजार मत गणना हुँदा एमालेका शाक्यले ३१ हजार १६७ मतका साथ अग्रता लिएका हुन्।

काँग्रेसका राजुराज जोशी २२ हजार २८० मत पाएर उनलाई पछ्‌याइरहेका छन्।

विवेकशील नेपाली दलकी रञ्जु न्यौपाने १२ हजार २२१ मतका साथ तेस्रो स्थानमा छिन्। उनलाई सझा पार्टीका किशोर थापाले ९ हजार १८४ मतका साथ पछ्‌याइरहेका छन्।

काठमाडौंमा कूल खसेको मतको ५४.९१ प्रतिशत मत गणना सम्पन्न भएको छ।

प्रकाशित: ८ जेष्ठ २०७४ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App