१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रेणु दाहालसँगको एमाले उम्मेदवारको फेरि मत अन्तर बढ्यो

एमालेका मेयर प्रत्यासी ज्ञवाली र माओवादीकी दाहाल

काठमाडौं—भरतपुर महानगरपालिकाको मतगणना भइरहँदा रोमाञ्चक परिणामहरु देखिँदै गएका छन्। वडा नं. १२ को मतगणना भइरहँदा एमालेका मेयर उम्मेदवारले मतअन्तर बढाएका छन्। एमालेका देवी ज्ञवाली १९ हजार ८८१ मतसहित अग्रता लिइरहेका छन्। उनलाई माओवादी केन्द्रकी रेणु दाहालले १८ हजार २५७ मतका साथ पछ्‌याइरहेकी छिन्।

एमालेका देवी ज्ञवाली १९ हजार ८८१ मतसहित अग्रता लिइरहेका छन्। उनलाई माओवादी केन्द्रकी रेणु दाहालले १८ हजार २५७ मतका साथ पछ्‌याइरहेकी छिन्।

उपमेयरमा काँग्रेसकी पार्वती शाह २१ हजार ३२ मतका साथ अगाडि छिन्। उनलाई एमालेकी दिव्य शर्माले १७ हजार ५३२ मत ल्याएर पछ्‌याइरहेकी छिन्। २९ वडा भएको भरतपुर महानगरपालिकामा १ लाख १२ हजार ९०७ मत खसेको थियो। भरतपुरमा अहिलेसम्म ४६ हजार ८ ६२ गणना सम्पन्न भएको छ।

भरतपुर महानगरपालिकामा सत्तारुढ काँग्रेस र माओवादीको तालमेल छ। तालमेलपछि चितवन काँग्रेसमा देखिएको सुरुवाती असन्तोषले मत परिणाममा असर पार्छ कि पार्दैन भनेर भरतपुरको मत परिणाम प्रति धेरैको चासो छ।

कूल २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा ११ वटा वडाको मत परिणाम घोषणा भएको छ। नेकपा (एमाले)ले वडा नं. २, ४, ५, ७, ९ , १० र २९ गरी ६ वटा वडामा वडाध्यक्ष जितेको छ। नेपाली काँग्रेसका उम्मेद्वारले १, ३, ६ र ८ नम्बर वडामा वडाध्यक्ष जितेका छन्। अहिलेसम्म वडाध्यक्षमा माओवादी उम्मेद्वार वडा नं. ६ मा दोस्रो र अरु वडाहरुमा तेस्रो स्थानमा रहे।

भरतपुरमा काँग्रेस बलियो अवस्थामा रहेका कारण काँग्रेसलाई जाने आधाभन्दा केही बढी मत रेणु दाहाललाई आए उनले चुनाव जित्ने आँकलन छ। भरतपुरका वडा नम्बर १०, ११ र १२ एमालेको राम्रो मत भएका वडाहरु हुन्।

भरतपुरमा कुल एक लाख १२ हजार मत खसेको छ। काँग्रेस माओवादी गठबन्धनबाट भरतपुरमा मेयर पदमा उठेकी माओवादी उम्मेद्वार रेणु दाहाल प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। काँग्रेस र माओवादीबीच केन्द्रीय तहमा तालमेल भएर मेयर पदका काँग्रेस उम्मेद्वारको उम्मेद्वारी पनि केन्द्रबाट आएकै पत्रका आधारमा फिर्ता भएको थियो।

भरतपुरमा तुलनात्मक रुपमा बलियो मानिएको काँग्रेसले मेयर पद नै फिर्ता गर्नु परेपछि जिल्लामा कार्यकर्ताहरु निकै आक्रोशितसमेत भएका थिए। पछि जिल्ला तहका नेताहरुले संयुक्त कार्यक्रम गरेर मतदाताको मन जित्ने प्रयास गरेका थिए। माओवादी अध्यक्ष दाहाल र काँग्रेस सभापछि शेरबहादुर देउवाले भरतपुरमा संयुक्त रुपमा अन्तिम चुनावी सभालाई सम्बोधन गरेका थिए।

प्रकाशित: ७ जेष्ठ २०७४ १४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App