२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निलकण्ठका मेयरको परिकल्पना ‘स्मार्ट शहर’

धादिङ- मत गणना सकिए लगत्तै धादिङका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले धमाधम पदभार ग्रहण गर्न थालेका छन्। आ–आफ्नै गाउँपालिकाको कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएसंगै पदभार ग्रहणको कार्यक्रम भइरहेका छन्।

                जिल्ला सदरमुकाम रहेको निलकण्ठ नगरपालिकाको मेयरमा निर्वाचित नेपाली कांग्रेसका भिम प्रसाद ढुङ्गानाले आइतबार पदरभार ग्रहण गरे । मुख्य निर्वाचन अधिकृत भरत लम्सालबाट सपथ लिएका हुन् । उपमेयरमा निर्वाचित नेकपा माओवादी केन्द्रका मनराज भण्डारी सहित १३ वटै वडा अध्यक्ष र सदस्यहरुले पनि आइतबार कानूनी व्यवस्था अनुसार सपथ लिएका छन् । 

                पदभार ग्रहण गरे लगत्तै ‘निलकण्ठ नगर, स्वच्छ हराभरा र समृद्ध तिर्खामुक्त स्मार्ट शहर’ भन्ने नारा पारित गराए । निलकण्ठ नगरपालिका क्षेत्रमा पूर्वाधार निर्माण एवं विकास कार्यलाई दु्रत बनाउने निर्णयमा हस्ताक्षर गरेका छन् । नगरपालिकामा मेयर ढुङ्गानाको यो नै पहिलो हस्ताक्षर हो ।

                निलकण्ठ नगरपालिका अब स्मार्ट शहर बन्नेछ । हरेक नगरबासीले गर्व गर्न सक्ने काम गर्नेछु। नागरिकसंग कुरा गर्दै नवनिर्वाचित मेयर ढुङ्गानाले भने– ‘सूचना प्रविधिको मात्र कुरा नभई खानेपानी, इन्टरनेट, ढल निकास, उद्यान, बगैचा, सडक सञ्जाल, हरियाली शहर बनाउने छु । यो निलकण्ठ नगरपालिका स्मार्ट शहर बन्नेछ ।’

                 राजधानीसँग जोडिएर पनि सदरमुकामदेखि एक किलोमिटर दायाँ बाँया पनि पक्की सडक छैन। त्यही जिल्लाको नीलकण्ठ नगरपालिकामा भने नेपाली काँग्रेसका तर्फबाट भिमप्रसाद ढुंगानालाई जनताले आफ्नो नगरको प्रमुखका रुपमा चुनेका छन्।

                त्यस्तै जिल्लाको सिद्धालेक गाउँपालिकाको अध्यक्षमा निर्वाचित प्रेम सिलवाल र उपाध्यक्ष कमला शर्माले पनि आइतबार नै पदभार ग्रहण गरेका छन् । सिद्धालेकमा रहेका ७ वटै वडा अध्यक्ष सहित निर्वाचित जनप्रतिनिधिहरुले पनि आइतबार नै सपथ लिएका छन्।

               

 

प्रकाशित: ७ जेष्ठ २०७४ १४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App