१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पोखरा-लेखनाथ महानगरपालिकाको मतगणना सुरु गर्न निर्देशन

काठमाडौं- २४ घण्टा देखि रोकिएको पोखरा-लेखनाथ महानगरपालिकाको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

निर्वाचन आयोगको बैठकले निर्वाचन अधिकृतको हस्ताक्षर मिलेको अवस्थामा मतगणना सुरु गर्न आयोगले निर्देशन दिएको आयोगका आयुक्त इश्वरी पौडेलले जनाए।

गणनाका क्रममा फरक स्वस्तीक छाप सहितका मतपत्र भेटिएपछि पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना चौबिस घण्टा भन्दा बढी समयदेखि रोकिएको छ। महानगरको १७ नम्बर वडामा खसेका केही मत फर्जी रहेको भन्दै कांग्रेस र माओवादी केन्द्र लगायतका दलहरुले विरोध गरेपछि शनिबार दिउँसो चारबजेदेखि गणना रोकिएको हो।

गणना सुचारु गराउन आइतबार दिनभर पहल भएपनि सफल हुन सकेन। सर्वदलीय बैठक बसेर पनि टुंगो लगाउन नसक्दा गणनाको निश्चत हुन नसकेको हो । शनिबार बेलुकी र आइतबार बिहान सर्वदलीय बैठक बसेपनि सहमति भएर गणना सुरु हुन नसकेपछि आवश्यक निर्देशनका लागि निर्वाचन आयोगमा पठाईएको थियो।

 

 

प्रकाशित: ७ जेष्ठ २०७४ १२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App