१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसका बन्दकर्ताद्वारा बसमा तोडफोड

धादिङ- धादिङको मैदी घटनालाई लिएर आव्हान गरेको बन्दको अवज्ञा गरेको भन्दै धादिङमा बस तोडफोड भएको छ।

                बन्दकर्ताले प्रहार गरेको ढुङ्गाबाट बा ३ ख २६८९ बसको अगाडिको भागमा क्षति पुगेको छ। बन्द गराउदै हिँडेका नेपाली कांग्रेसका कार्यकर्ताले निलकण्ठ नगरपालिका ८ ससाहमा बसमा ढुङ्गा हानेका हुन्।

                नेपाली काग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपको विषयलाई लिएर कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघले धादिङबेसी बन्द गराएका छन् । कांग्रेसका स्थानीय नेता कार्यकर्ता बसिरहेको बेला आक्रमण गर्ने दोषीहरुलाई पक्राउ गरी कारबाहीको माग गरेका छन् ।

                घटनाका प्रत्यक्षदर्शीहरुका अनुसार नवनिर्वाचित अध्यक्षको स्वागतको लागि नेपाली काँङग्रेस मैदीले बनाएको स्वागतद्वार नेकपा एमालेको कार्यकर्ताहरुको च्यात्न खोजेपछि उत्पन्न विवाद चर्किएर झडपको स्थिति सिर्जना भएको हो ।

                शनिवार विजय उत्सव मनाएर साँझ ८ बजेतिर खाजा खाइरहेको बेलामा आफुहरुमाथी एमालेको कार्यकर्ताहरुले आक्रमण गरेको ज्वालामुखी गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनाले बताए। साँधभन्ज्याङमा विजय उत्सव मनाएर मैदी फर्किएका एमालेको कार्यकर्ताहरुले पहिले आफुहरुमाथी आक्रमण भएपछि झडपको स्थिति उत्पन्न  भएको आरोप लगाएका छन् । निर्वाचित जनप्रतिनिधीलाई नै आक्रमण गर्ने एमाले कार्यकर्ताको हर्कतलाई धादिङ काँग्रेसले जंगली व्यवहार भनेको छ।

                उता एमालेले पनि ¥याली सकेर फर्किएका आफ्ना कार्यकर्तामाथि बाटो ढुकेर कांग्रेस कार्यकर्ताले आक्रमण गरेको विज्ञप्ती मार्फत जनाएको छ । ‘जिल्लामा नेकपा एमालेको पक्षमा उर्लिदो जनलहर र प्राप्त नतिजाबाट अतालिएको नेपाली काग्रेस कुटपिट गालिगलौज र दुव्र्यवहारको हर्कत गर्न उद्यत भएको देखिन्छ’ एमालेको विज्ञप्तीमा भनिएको छ ।

                बन्दका कारण सदरमुकामका शिक्षण संघसस्था र बजार खुल्न सकेको छैन । जिल्लामा थप घटना हुन नदिन नेकपा एमालेको जिल्ला स्थित पार्टी कार्यलय र सदरमुकामका चोक चोकहरुमा प्रहरी परिचालन गरिएको छ । घटनामा कांग्रेस र एमाले दुबै पक्षका कार्यकर्ता घाइते छन्।

 

प्रकाशित: ७ जेष्ठ २०७४ ०९:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App