१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चितवनको रत्ननगरमा पनि एमाले विजयी

रत्ननरमा मेयरमा निर्वाचित नारायण वन।

चितवन- चितवनको रत्ननगर नगरपालिकामा आइतबार घोषणा भएको अन्तिम मत परिणामअनुसार मेयर उपमेयर दुवै पदमा एमालेका उम्मेद्वारहरु विजयी भएका छन्। सातवटा स्थानीय तह रहेको चितवनमा अहिलेसम्म पाँचवटाको परिणाम घोषणा भएको छ। जसमध्ये तीनवटा नगरपालिकामा एमालेले मेयर उपमेयर दुवै जितेको छ।

रत्ननरगरमा एमालेका उम्मेद्वार नारायण वन १४ हजार ६८० मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रुपनराज घिमिरेले १३ हजार २५७ मत ल्याएका थिए। उपमेयरमा एमालेकै विमला दुवाडी निर्वाचित भएकी छन्। दुवाडीले १४ हजार ४८१ मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी निता ढकालले १२ हजार ६९३ मत प्राप्त गरिन्।

नारायण वन विस २०५४ सालको स्थानीय निर्वाचनमा पनि रत्ननर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। चितवनमा यसअघि घोषणा भएका नतिजाहरुमा इच्छाकामना गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्वारहरु प्रमुख उपप्रमुखमा विजयी भएका छन्। कालिका र खैरहनी नगरपालिकामा एमालेकै उम्मेद्वारहरु मेयर उपमेयरमा विजयी भए।

माडी नगरपालिकामा मेयरमा माओवादी उम्मेद्वार ठाकुर ढकाल र उपमेयरमा एमाले उम्मेद्वार तारा काजिमहतो विजयी भएका थिए। अब चितवनमा भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको नतिजा आउन बाँकी छ। दुवै ठाउँमा मेयरमा एमालेका उम्मेद्वारहरुको अग्रता छ। खैरहनीको मत गणना अन्तिम चरणमा छ। भरतपुरमा कुल २९ वटा वडाहरुमध्ये हालसम्म जम्मा ११ वटा वडाहरुको मत गणना सकिएको छ।

प्रकाशित: ७ जेष्ठ २०७४ ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App