१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दाना गाउँमा मोबाइल टावर सञ्चालन

बाबियाचौर – म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानामा नेपाल टेलिकमले मोबाइल टावर स्थापना गरेर आइतबारदेखि सेवा विस्तार गरेको छ । 

दाना गाउँको डाँडामा राखिएको सो टावर सञ्चालनमा आएपछि दाना, नारच्याङ, भुरुङ तातोपानी क्षेत्रमा टेलिकमको सेवा विस्तार भएको हो । यसअघि मोबाइल टावर नहुँदा दाना र आसपासका क्षेत्रका मोबाइल फोन प्रयोगकर्तालाई सञ्चार सुविधा उपभोग गर्न समस्या भएको थियो । 

स्थानीय बासिन्दाका साथै बेनी–जोमसोम सडकमा यात्रा गर्ने पर्यटक तथा यात्रुलाई लक्षित गरेर टावर सञ्चालन गरिएको नेपाल टेलिकम म्याग्दी शाखा प्रमुख विष्णुदेव शाहले बताउनुभयो । टावर सञ्चालन भएपछि टेलिकमले दानामा आइतबारदेखि दुई दिनसम्म निःशुल्क मोबाइल सिमकार्ड वितरण गरेको छ । 

यसअघि ताकममा मोबाइल टावर स्थापना गरेको टेलिकमले छिट्टै रघुगङ्गा गाउँपालिकाको पाखापानी र मङ्गला गाउँपालिकाको अर्मनमा समेत मोबाइल टावर सञ्चालन गर्ने तयारी गरेको छ । 

पन्ध्रवटा टावरबाट ‘थ्रिजी’ सेवा सञ्चालन गरेको टेलिकमले यसवर्ष म्याग्दीमा सातवटा नयाँ मोबाइल टावर स्थापना गरेर सेवा विस्तार गर्न लागेको शाखा प्रमुख शाहले बताए । रासस 

प्रकाशित: ७ जेष्ठ २०७४ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App