१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

धुलिखेल नगर प्रमुखमा एमालेका अशोक ब्याञ्जु विजयी

काभ्रे- काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले) का अशोक ब्याञ्जु (श्रेष्ठ) सात हजार ९८१ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेशप्रसाद हुमागाईंले पाँच हजार ४०८ मत ल्याए।

उपप्रमुखमा एमालेकै विमलाकुमारी चौलागाईं छ हजार ८२३ मत ल्याई विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका निर्मलाकुमारी चौलागाईंले चार हजार ९४० मत ल्याइन्।

उक्त नपाको ११ र १२ मा एमालेको पूरै समूह विजयी भएको छ। वडा नं ११ मा एमालेबाट विष्णु धितालले ९४१ मत ल्याई विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विनोदप्रसाद तिवारीले ५०५ मत ल्याए।

त्यस्तै वडा नं १२ हर्कबहादुर तामाङले ६५१ मत ल्याई विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महेन्द्रबहादुर लामाले ६१६ मत ल्याए। रासस

प्रकाशित: ७ जेष्ठ २०७४ ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App