१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आव ०७४/७५ को नीति तथा कार्यक्रम पारित

काठमाडौँ –  सरकारले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम पारित गरेको छ । 

प्रधानमन्त्रीे निवास बालुवाटारमा आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रम आइतबार बेलुका नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गर्ने समेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ । 

“नीति तथा कार्यक्रममा राष्ट्रिय महत्वका सबै ठूला परियोजना समावेश गर्नुका साथै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न र अरू दैनिक कामका लागि बजेट छुट्याइन्छ”, सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बताए। 

आंशिक बजेटअन्तर्गतको सो नीति तथा कार्यक्रम यही जेठ १० गतेभित्र नै राष्ट्रपति भण्डारीले व्यवस्थापिका–संसद्मा पेस गर्नुहुने मन्त्री कार्कीको भनाइ छ । 

सरकारका प्रवक्ता कार्कीले नीति तथा कार्यक्रम संविधान कार्यान्वयनका साथै राष्ट्रिय परियोजना र राष्ट्रिय पुनः संरचनालाई तीव्रता दिनेतर्फ केन्द्रित रहेको जानकारी दिए । “बजेटबारेमा नेकपा एमाले लगायत प्रतिपक्ष दलका केही असहमति छन्,उनले भने–“हामी त्यस बारेमा निरन्तर अन्तरसंवादमा छौँ, हिजो (शनिवार) मात्रै तीन प्रमुख दल बीचमा छलफल भएको छ, छलफल सकारात्मक रूपमा अगाडि बढिरहेको छ ।”

प्रकाशित: ७ जेष्ठ २०७४ ०६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App