१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौंको मेयरमा एमाले र उपमेयरमा काँग्रेस उम्मेदवारले मतान्तर बढाए

काठमाडौं—काठमाडौं महानगरको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले मतअन्तर अझ फराकिलो पारेका छन्। पछिल्लो परिणामअनुसार एमालेका शाक्य २३ हजार ९०२ मत ल्याउँदा काँग्रेसका राजुराज जोशी ७ हजार बढी मतले पछाडि परेका छन्। उनले १६ हजार ७१७ मत पाएका छन्। 

उपमेयरमा काँग्रेसकी हरिप्रभा खड्गी झण्डै ९ हजार मतले अगाडि छन्।

विवेकशीलकी रञ्जु दर्शनाले ९ हजार ६०७ मत पाएकी छिन्। साझा पार्टीका किशोर थापाले ७ हजार ९७ मत ल्याएका छन्।

उपमेयरमा काँग्रेसकी हरिप्रभा खड्गी झण्डै ९ हजार मतले अगाडि छन्। खड्गीले २२ हजार २ सय २६ मत पाएकी छिन्। उनका प्रतिष्पर्धी एमालेको समर्थन पाएका राप्रपाका राजाराम श्रेष्ठले १३ हजार ३२७ मत ल्याएका छन्। साझा पार्टीकी निरुपमा यादबले ४ हजार ४९० मत पाएकी छिन्।

मतगणना जारी छ।

प्रकाशित: ७ जेष्ठ २०७४ ०५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App