१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौंका चार नगरपालिकामध्ये काँग्रेस ३ एमाले १ मा अगाडि

काठमाडाैं – काठमाडौंका मत गणना भइरहेका ४ नगरपालिकामध्ये काँग्रेस ३  र एमालेले १ वटामा अगाडि छन्। चन्द्रागिरी, कागेश्वरी मनोहर र तार्केश्वर नगरपालिकामा काँग्रेस अगाडि छ। त्यस्तै बुढानीलकण्ठमा भने एमालेले अग्रता लिएको छ।

चन्द्रागिरी नगरपालिका

चन्द्रागिरी नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका घनश्याम गिरी १०४४२, एमालेका प्रल्हाद कार्की ७७२२ र माओवादी श्रीकृष्ण श्रेष्ठले ३२१८ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा नेपाली काँग्रेस इन्दिरा श्रेष्ठ ८६१५, एमाले लिसा नकर्मी ८८४५ र  माओवादी उर्मिला रोका ३३२८ मत प्राप्त गरेकी छिन् ।

कागेश्वरी मनोहर नगरपालिका
कागेश्वरी मनोहर नगरपालिकाको मेयर पदमा भने नेपाली काँग्रेस उपेन्द्र कार्कीका ५३५१ र  एमालेका कृष्णहरि थापाले ४८३० मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयर नेपाली काँग्रेस अनिता अधिकारी ४६६० र एमालेकी विन्दु सिग्देलले ४६९३ मत प्राप्त गरेकी छिन्।

तार्केश्वर नगरपालिका

 

तार्केश्वर नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । मेयर पदमा नेपाली काँग्रेस श्रीराम थापा ६७७३  र एमाले रामकृष्ण बोहरा ६५३७ मत प्राप्त गरेका छन् । उपमेयर भने एमालेले ८३९२ र  नेपाली काँग्रेसले ५७०० मत प्राप्त गरेकाे छ।

बुढानीलकण्ठ नगरपालिका

बुढानीलकण्ठ नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

प्रकाशित: ६ जेष्ठ २०७४ ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App