अन्तर्घात गरेको भन्दै ललितपुरका माओवादी उम्मेदवारद्वारा पार्टी परित्याग

शुक्रबार, ०५ जेठ २०७४, १८ : ३२ दीपक खरेल  | @DeepakKharel037

काठमाडौं—ललितपुर महानगरपालिकाका एक जना माओवादी उम्मेदवारले आफ्नै पार्टी कार्यकर्ताले अन्तर्गघात गरी आफूलाई हराएको भन्दै पार्टी परित्याग गरेका छन्। ललितपुरको ११ नम्बर वडाका माओवादी वडाअध्यक्ष उम्मेदवार अरोजकुमार खड्गीले पार्टीको जिल्ला अध्यक्षलाई सम्बोधन गर्दै पार्टी परित्याग गरेको पत्र पेरिसडाँडामा बुझाएका हुन्।

वडाका इकाई समिति पदाधिकारी तथा इन्चार्जले नै आफूलाई धोका दिएको उनले आरोप लगाएका छन्।

‘अाफ्नै कार्यकर्ताको अन्तर्घात गर्दा मेरो करिब ४ सय मत एमालेलाई गयो’, उनले भने, ‘आफ्नै कार्यकर्ताले अन्तर्घात गरेकाले राजिनामा दिने स्थितिमा पुगेको हुँ।’

‘यस वडामा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार भई भाग लिँदा यस वडा इकाइ समिति पदाधिकारीले, यस क्षेत्रमा खटिएका कमरेड इञ्चार्जहरुले चुनाबी अयिभानमा असहयोग गरेको जानकारी गराउँदै म अरोजकुमार खड्गी नगर समिति सदस्य पद तथा पार्टीको साधारण सदस्य पदबाट सहर्ष राजिनामा पेश गर्दछु’, अध्यक्षलाई सम्बोधन गरिएको राजीनामा पत्रमा भनिएको छ।

उनले आफ्नो राजीनामा स्वीकृति गरिदिन आग्रह समेत गरेका छन्।

राजीनामा बुझाएका खड्गीले पार्टी कार्यकर्ताले एमालेलाई भोट दिएको नागरिकन्युजलाई बताए। ‘अाफ्नै कार्यकर्ताको अन्तर्घात गर्दा मेरो करिब ४ सय मत एमालेलाई गयो’, उनले भने, ‘आफ्नै कार्यकर्ताले अन्तर्घात गरेकाले राजिनामा दिने स्थितिमा पुगेको हुँ।’

मतपरिणाममा तेस्रो भएको अरोजले ५७७ मत ल्याएका थिए। ललितपुरको ११ नम्बर वडामा एमाले उम्मेदवार ईन्द्रमान महर्जन १०३३ मत पाएर विजयी भएका थिए। काँग्रेसका सुवेन्द्र खड्गीले ६८२ मत पाएका थिए।

खड्गीले पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बुझाएको राजीनामा पत्र









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad