१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरमा एमालेकै अग्रता , काँग्रेस पछ्याउँदै

काठमाडौँ – काठमाडौँ महानगरपालिकोको पछिल्लो मत गणना अनुसार एमालेको अग्रता कामयै रहेको छ । एमालेका विद्यासुन्दर शाक्य ११०८२ मतसहित अग्रस्थानमा छन् भने उनलाई पछ्याउँदै काँग्रेसका राजुराज जोशीले ७४९८ मत प्राप्त गरेका छन् ।
 
त्यसैगरी ४२२३ मत सहित विवेकशील नेपालीकी रञ्जु दर्शनमा तेश्रो स्थामा छिन् भने उनलाई पछ्याउँदै साझाका किशोर थापाले ३४९८ र माओवादी केन्द्रका सर्वोत्तम डंगोलले १२२६ मत प्राप्त गरेकाछन् । 

उपमेयरमा भने नेपाली काँग्रेसकी हरिप्रभा खड्गी ९८७९ मत सहित अग्र स्थानमा छिन् । उनलाई पछ्याउने क्रममा प्रतिष्पर्धी राप्रपाका राजाराम श्रेष्ठले ५९४८,  साझाकी निरुपमा यादवले २०७० र माओवादीकी सुशिला पौडेलले १६३५ मत प्राप्त गरेकी छिन् । 

प्रकाशित: ५ जेष्ठ २०७४ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App