१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिन्धुलीका दुर्इओटै नगरपालिकामा एमाले विजयी

सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिकामा एमाले विजयी भएको छ । नेकपा एमालेका घनश्याम राउतले ८५९८ मत ल्याई विजयी हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसकी नेतृ गङगा दाहालले ८२२३ मत प्राप्त गरेकी थिइन्।

यसैगरी उपमेयरमा नेकपा एमालेकै बालकुमारी अधिकारी दनुवारले ८७२३ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका चेतनारायण अधिकारी दुनुवारले ७५३० मत प्राप्त गरेको जनाइएको छ । 

यसैबीच सिन्धुलीका दुबै नगरपालिका नेकपा एमालले जितेको छ । यसअघिनै घोषणा भएको कमलामाई नगरपालिकामा नेकपा एमालेका खड्ग खत्रीले १११५२ मत ल्याई विजयी भएको मुख्य निर्वाचन अधिकृत पर्शुराम भट्टराईले जानकारी दिए । 
उनका अनुसार खत्रीका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उपेन्द्र पोखरेलले ८३८८ मत पाएका थिए ।

यस्तै उपमेयरमा पनि कमलामाई नगरपालिकामा एमालेकै मञ्जु देवकोटा विजयी भएकी छन् । उनले ९९२१ मत प्राप्त गरेकी थिइन् । भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सुशिला थिङले ९५२३ मत पाएकी हुन् । 

प्रकाशित: ५ जेष्ठ २०७४ ०६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App