१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौंमा एमालेको ३ हजार बढी मतको अग्रता, वडा नं.२ मा प्यानलै विजयी

काठमाडौं वडा नं. २ मा विजयी एमाले उम्मेदवारहरु। तस्विरः दिनेश गोले

काठमाडौं—काठमाडौं महानगरपालिकाको वडा नं. २ को मतपरिणाम घोषणा हुँदा एमाले बलियो स्थितिमा देखिएको छ। एमालेका मेयर प्रत्यासी विद्यासुन्दर शाक्यले मतअन्तर बढाएर ३६९० पुर्‌याएका छन्।

१० हजार ५१९ मतका साथ उनले अग्रता लिइरहेका छन्। काँग्रेसका राजुराज जोशी ६ हजार ८२९ मत पाएर एमालेका शाक्यलाई पछ्‌याइरहेका छन्।

तेस्रो स्थानमा ४ हजार १२४ मतसहित विवेकशी नेपाली दलकी रञ्जु न्यौपाने रहेकी छिन भने चौथो स्थानमा ३ हजार १९३ मतसहित साझा पार्टीका किशोर थापा छन्।

काठमाडौं महानगरपालिकाको एक नम्बर वडामा पनि एमाले उम्मेदवार नै विजयी भएका थिए।

प्रकाशित: ५ जेष्ठ २०७४ ०५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App