१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौंमा काँग्रेसलार्इ पछ्याउँदै रञ्जु

काठमाडौं— काँग्रेसका राजुराज जोशीलार्इ पछ्याउँदै विवेकशील नेपालीकी रञ्जु न्यौपाने अघि बढीरहेकी छिन्। काठमाडौं महानगरपालिकाको ताजा मतपरिणाममा अनुसार एमालेका मेयर पदका प्रत्यासी विद्यासुन्दर शाक्य अग्र स्थानमा छन्। उनले ६५८६ मतसहित अग्रता लिइरहेका छन्।

दोस्रोमा काँग्रेसका राजुराज जोशी छन्। उनी ४२१५ मतसहित दोस्रो स्थानमा छन्। राष्ट्रिय सभागृहमा भइरहेको मत गणनामा विवेकशीलकी रञ्जु न्यौपाने तेस्रो स्थानमा छिन्। २७३५ मत ल्याएर उनी दोस्रो स्थानमा रहेका काँग्रेसका जोशीलाई पछ्‌याइरहेका छन्।

साझा पार्टीका किशोर थापा १९७६ मतका साथ चौथो स्थानमा छन्।

उपमेयरमा काँग्रेसकी हरिप्रभा खड्गी ५६७८ मतसहित अग्र स्थानमा छिन्। उनका निकटम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठ ३५८५ मतसहित काँग्रेसकी खड्गीलाई पछ्‌याइरहेका छन्। यसैगरी साझा पार्टीकी निरुपमा यादबले १९९९ मत पाएर तेस्रो स्थानमा छिन्।

अहिलेसम्म काठमाडौं महानगरपालिकाको १९५५१ गणना भएको छ।

प्रकाशित: ४ जेष्ठ २०७४ १३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App