१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरपालिकामा एमाले अगाडि

काठमाडौंकाठमाडौं महानगरपालिकाको ताजा मतपरिणाममा अनुसार एमालेका मेयर पदका प्रत्यासी विद्यासुन्दर शाक्य अग्र स्थानमा छन्। राष्ट्रिय सभागृहमा भइरहेको मत गणनामा एमालेका मेयर प्रत्यासी विद्यासुन्दर शाक्य ५९८२ मतसहित अग्रता लिएका छन्।

काँग्रेसका राजुराज जोशी ३८४१ सहित एमालेका शाक्यलाई पछ्‌याइरहेका छन्। विवेकशील नेपालीले समर्थन गरेकी रञ्जु न्यौपानेले २४२८ मत पाएकी छिन्। साझा पार्टीका किशोर थापाले १८४९ माओवादी केन्द्रका सर्वोत्तम डंगोल ७९१ मत ल्याएका छन्।

उपमेयरमा काँग्रेसकी हरिप्रभा खड्गी ४८१६, राप्रपाका राजाराम श्रेष्ठले २९१२, साझा पार्टीकी निरुपमा यादवले ९८० र माओवादी केन्द्रका सुशीला पौडेल ७९० मत पाएका छन्।

प्रकाशित: ४ जेष्ठ २०७४ १२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App