१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चन्द्रागिरी नगरपालिमा काँग्रेसको २ हजार मतको अग्रता

काठमाडौं—चन्द्रागिरी नगरपालिकामा नेपाली काँग्रेसले दुई हजारभन्दा बढी मतको अग्रता लिएको छ। काँग्रेसका मेयर प्रत्यासी घनश्याम गिरीले ६०८५ मतसहित अग्र स्थानमा छन्। एमालेका प्रल्हाद कार्की ३८७७ मतसहित काँग्रेसका गिरीलाई पछ्याइरहेका छन्। नेकपा माओवादी केन्द्रका श्रीकृण्ण श्रेष्ठले १८७३ मत प्राप्त गरेका छन्।

उपमेयरमा नेपाली काँग्रेसकी इन्दिरा श्रेष्ठ ४९०५ मतसहित अग्र स्थानमा छिन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी लिसा नकर्मी ४४२० मतसहित काँग्रेसकी श्रेष्ठलाई पछ्याइरहेकी छिन्। नेकपा माओवादी केन्द्रकी उर्मिला रोकाले १९७७ मत प्राप्त गरेकी छिन्।

चन्द्रागिरी नगरपालिकाका  १५ वडा मध्ये ७ वडाको मत गणना सम्पन्न भइसकेको र बाँकीमा मतगणना जारी रहेको चन्द्रागिरी नगरपालिकाका निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए। 

प्रकाशित: ४ जेष्ठ २०७४ ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App