१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरमा एमालेको झन्डै दोब्बर मतको अग्रता

काठमाडौं— काठमाडौं महानगरपालिकाको ताजा मतपरिणाममा एमालेका मेयर प्रत्यासी आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले अगाडि गएका छन्। राष्ट्रिय सभागृहमा भइरहेको मत गणनामा एमालेका मेयर प्रत्यासी विद्यासुन्दर शाक्य ४३१७ मतसहित अग्रता लिएका छन्।

काँग्रेसका राजुराज जोशी २४७२ सहित एमालेका शाक्यलाई पछ्‌याइरहेका छन्।

विवेकशील नेपालीले समर्थन गरेकी रञ्जु दर्शनाले १८७७ मत पाएकी छिन्। साझा पार्टीका किशोर थापाले १२२६ मत ल्याएका छन्।

उपमेयरमा काँग्रेसकी हरिप्रभा खड्गी ३११५ मतका साथ अग्रस्थानमा छिन्। राप्रपाका राजाराम श्रेष्ठले २९२६ मत पाएका छन्।

 

प्रकाशित: ४ जेष्ठ २०७४ ०३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App