१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नयाँ शक्तिले खाता खोल्यो

रसुवा- पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्षमा नयाँ शक्ति पार्टी नेपालका भुजुङ तामाङ विजयी हुनुभएको छ।

उनले ९६४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार ल्हाक्पा गोम्बु तामाङले ६४३ मत प्राप्त गरे।

यस्तै उपाध्यक्षमा ६६५ मत प्राप्त गरी एमालेकी नवीना तामाङ विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिका सङ्गीता तामाङले ६६३ मत प्राप्त गरिन्।

रसुवाको पाँच गाउँपालिकाको सबै मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

 

प्रकाशित: ३ जेष्ठ २०७४ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App