१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

४ महानगरपालिकाका उपमेयरको यस्तो छ मतपरिणाम

काठमाडौं – स्थानीय तह पहिलो चरणको मत गणना जारी भइरहँदा काठमाडौंको उपमेयरमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले अग्रता लिएकी छिन्।

काठमाडौं महानगरपालिका उपमेयर पदकी उम्मेदवार नेपाली काँग्रेस हरिप्रभा खड्गी ९४२, राप्रपाको राजाराम श्रेष्ठ ६४१ मत प्राप्त गरेका छन्।

ललितपुर महानगरपालिका उपमेयरमा नेपाली काँग्रेसले अग्रता लिएको छ। नेपाली काँग्रेसकी गीता सत्याल ८८७३, एमाले ७३०८ र राप्रपा बाबुकाजी प्रधान ४६४५ प्राप्त गरेका छन्।

त्यस्तै भरतपुर महानगरपालिकाको उपमेयर पदमा भने एमालेका दिव्या शर्मा ३३१३ मतसहितले अगाडी छिन् । नेपाली काँग्रेसकी पार्वती शाह २९७१ प्राप्त गरेकी छिन्।

पोखरा लेखनाथ महानगरपालिका उपमेयरमा भने एमालेले अग्रता लिएको छ । उपमेयर उम्मेदवार एमाले मञ्जु गुरुङ ४९१४ र  नेपाली काँग्रेस सरस्वती गुरुङ ४५२१ ल्याएकी छिन्।

 

प्रकाशित: ३ जेष्ठ २०७४ १२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App