१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भरतपुरमा एमाले उम्मेदवारको ८८० मतको अग्रता

एमाले उम्मेदवार ज्ञवाली र माओवादी उम्मेदवार दाहाल

चितवन— भरतपुर महानगरपालिकाको मत गणनामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली २७४९ मतका साथ अग्रता लिएका छन्। माओवादी केन्द्रकी रेणु दाहालले १ हजार ८६९ र राप्रपाका बद्री तिमिल्सिनाले १८४ मत प्राप्त गरेका छन्।

भरतपुरमा वडा नं. १ को मत गणना सकिएर मंगलबार रातिबाट वडा नं. २ को मत गणना सुरु हुँदा एमाले उम्मेदवारले अग्रता अझ फराकिलो पारेका हुन्। उपप्रमुखमा काँग्रेसकी पार्वती शाहले २ हजार २८९ मत पाएकी छिन्। एमालेकी दिब्य शर्मा आचार्यले २ हजार २६६ मत प्राप्त गरेकी छिन्। राप्रपाकी रिना गुरुङले २२३ मत पाएकी छिन्। रासस

प्रकाशित: ३ जेष्ठ २०७४ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App