१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गाउँपालिका अध्यक्षमा पहिलो पटक महिला विजयी

नवलपरासी – नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तहको निर्वाचनमा सम्भवतः नेपालमा पहिलो पटक महिला उम्मेदवार विजयी बनेकी छिन् । 

नेपाली काँग्रेसकी लक्ष्मी पाण्डेले कुल ४ हजार ५९२ मत प्राप्त गरी विजयी बनेकी हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका  मेघबहादुर पुलामीले ४ हजार ३५८ मत प्राप्त गरे। 

त्यसैगरी, उपाध्यक्षमा एमालेकी कोपिला मल्ल कुल चार हजार ४६८ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार ओम थापाले चार हजार ४१३ मत प्राप्त गरे। 

यसैगरी, नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार डम्मर जिसी एक हजार ५७९ मत अन्तरका साथ विजयी बनेका छन् । गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै  मिना राना एक हजार ४९४ मतअन्तरले विजयी भइन्। 

अध्यक्ष पदमा जिसीले कुल छ हजार ०९९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले लक्ष्मण पाण्डेले पाँच हजार ३३० मत प्राप्त गरेका छन्। 

यसैगरी, उपाध्यक्ष पदमा रानाले कुल छ हजार ८९६ मत प्राप्त रेकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी तारा कुमारी विकले पाँच हजार ४०० दुई मत प्राप्त गरेकी छिन्। 

यसअगावै, नवलपरासीको बुङ्दीकाली गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका दुर्गाबहादुर राना विजयी बनेका छन्। यसैगरी, उपाध्यक्षमा पनि काँग्रेसकै मायादेवी श्रेष्ठ बिजयी भइसकेका छन्। 

योसँगै नवलपरासीका कुल चारवटा गाउँपालिकामध्ये तीनवटा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भइसकेका छन् । हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकामा काँग्रेस विजयी बनेको हो । रासस 

प्रकाशित: ३ जेष्ठ २०७४ ०४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App