१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ललितपुर महानगरमा साझाले माओवादी उछिन्यो

साझा पार्टीका ललितपुर उपमेयर प्रत्यासी शोभा शाक्य तथा मेयर प्रत्यासी रमेश महर्जन

काठमाडौं—ललितपुर महानगरपालिकाको पछिल्लो मतगणनामा साझा पार्टीका मेयर र उपमेयर उम्मेदवारले माओवादीभन्दा राम्रो मत पाइरहेका छन्। दुवै उम्मेदवार माओवादीलाई उछिन्दै तेस्रो स्थानमा छन्।

ललितपुर महानगरपालिकाको पछिल्लो मतगणनामा साझा पार्टीका मेयर र उपमेयर उम्मेदवारले माओवादीभन्दा राम्रो मत पाइरहेका छन्। दुवै उम्मेदवार माओवादीलाई उछिन्दै तेस्रो स्थानमा छन्।

क्यामेरा चुनाब चिन्ह रहेका साझाका मेयर प्रत्यासी रमेश महर्जनले ३४५९ मतका साथ तेस्रो स्थितिमा छन्। उनलाई माओवादीका दिपेश महर्जनको १३५२ मतले पछ्‌याइरहेका छन्।

सेलरोटी चुनाब चिन्ह रहेकी साझाकी शोभा शाक्यले ३४५७ मत पाएकी छिन्। माओवादीकी हसिना शाक्यले १९८५ मत ल्याएर पछ्‌याइरहेकी छिन्।

केही महिना अगाडि मात्र रवीन्द्र मिश्र नेतृत्वमा खडा भएको साझा पार्टीका उम्मेदवार ललितपुरमा सुरुदेखि नै चर्चामा थिए। साझा पार्टीले क्षमता, अनुभव र इमान्दारीका लागि भोट मागेको थियो।

प्रकाशित: ३ जेष्ठ २०७४ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App