१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पत्रकार न्यौपाने हेटौंडाको वडा अध्यक्ष निर्वाचित

वडा अध्यक्ष विजयी पत्रकार सविन न्यौपाने

अशोक सुजन श्रेष्ठ

हेटौँडा—हेटौँडा उपमहानगरपालिका १ को वडा अध्यक्षमा पत्रकार सविन न्यौपाने बिजयी भएका छन्। उनी हेटौँडाबाट प्रकाशित हुने साझाकुरा दैनिकका प्रकाशक/ सम्पादक हुन्। काँग्रेस निकट नेपाल प्रेस युनियनका जिल्ला उपाध्यक्ष रहेका न्यौपाने नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व सहसचिव समेत हुन्।

उनी हेटौँडाबाट प्रकाशित हुने साझाकुरा दैनिकका प्रकाशक/ सम्पादक हुन्। काँग्रेस निकट नेपाल प्रेस युनियनका जिल्ला उपाध्यक्ष रहेका न्यौपाने नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व सहसचिव समेत हुन्।

उनले नेपाली काँग्रेसका तर्फबाट एक हजार एक सय ४५ मत ल्याए। उनका निकट्तम प्रतिद्वन्द्वी एमालेका उत्तर न्यौपानेले एक हजार ३६, माओवादी केन्द्रले एक सय २२ र राप्रपाले दुई सय ४२ मत पाए। हेटौँडा उपमहानगरपालिका–१ को मत गणना मंगलबार बिहान सकिएको हो।

वडा अध्यक्षबाहेक हेटौँडा १ को सबै सदस्य पदमा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन्। हेटौँडा वडा नम्बर १ को महिला सदस्य, दलित सदस्य, खुला सदस्यमा एमाले उम्मेदवार बिजयी भएका हुन्। एमाले उम्मेदवारले महिला सदस्यमा एक हजार एक सय ३९, दलित सदस्यमा एक हजार एक सय सात, खुला सदस्यमा नौ सय ८८ र नौ सय ५९ मत पाएका थिए।

मेयर र उपमेयरमा एमालेको अग्रता

हेटौँडा उपमहानगरपालिकामा एमालेको अग्रता जारी छ। मेयरमा एक हजार एक सय ४३ मतसहित एमाले उम्मेदवार अगाडि छन्। काँग्रेसले एक हजार एक, राप्रपाले दुई सय ८३ मत पाएका छन्।

उपमेयरमा एक हजार दुई सय पाँच मतसहित एमाले उम्मेदवारले अग्रता लिइरहेका छन्। नेकपा माओवादी केन्द्रले छ सय ६७ र राप्रपाले दुई सय ६९ मत पाएका छन्। हेटौँडा उपमहानगरपालिकामा ८३ हजार पाँच सय ९७ मतदाता रहेको छन्।

प्रकाशित: २ जेष्ठ २०७४ १०:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App