१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सल्यानका दुई गाउँपालिकामा माओवादी र एमाले विजयी

दाङ – सल्यानका दुई गाउँपालिकामा माओवादी केन्द्र र नेकपा एमाले विजयी भएका छन् । जिल्लाको दार्मा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ भने ढोरचौर गाउँपालिकामा एमालेले जितेको छ ।

दार्मा गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका निमबहादुर केसी ३ हजार ६ सय ९४ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिष्पर्धी एमाले÷कांग्रेसका साझा उम्मेदवार रामचन्द्र केसीले २ हजार ७ सय ७१ मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा पनि माओवादी केन्द्रकै टिका शर्मा वली ३ हजार ६ सय ९५ मतसहित विजयी भएकी छन् । उनका प्रतिष्पर्धी एमालेका दलबहादुर केसीले २ हजार ६ सय १९ मत प्राप्त गरे । 

त्यसैगरी ढोरचौर गाउँपालिकामा एमालेका चित्रबहादुर चलाउने विजयी भएका छन् । १ हजार ९ सय ५५ मत ल्याइ उनी विजयी भएका हुन् । उनका प्रतिष्पर्धी माओवादी केन्द्रका नरबहादुर चलाउनेले १ हजार ५ सय ३८ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा पनि एमालेकै पुष्पा बोहरा विजयी भइन् । १ हजार ९ सय ४६ मत प्राप्त गर्दै बोहरा उपाध्यक्षमा विजयी भएकी हुन् । उनका प्रतिष्पर्धी माओवादीकी भुमी बुढाथोकीले १ हजार ५ सय ९९ मत प्राप्त गरिन् । 

सल्यानमा अहिले सम्म मतगणना सम्पन्न भएका ३४ वडा मध्ये माओवादी केन्द्र अग्रस्थानमा छ । माओवादीले १५ वडामा जित हात पारेको छ भने एमालेले १२ र कांग्रेसले ८ वटा वडामा जित हात पारेको छ ।  

प्रकाशित: २ जेष्ठ २०७४ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App