१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मेलम्ची ३ र ४ मा काँग्रेस, २ र ५ मा एमाले विजयी

मेलम्ची – पछिल्लो मत परिणामअनुसार मेलम्ची नगरपालिका– ३ र ४ मा नेपाली काँग्रेस विजयी भएको छ भने सोही नगरपालिकाको वडा नं– २ र ५ मा नेकपा एमाले विजयी भएको छ । 

नगरपालिकाको वडा नं– ३ को वडाध्यक्षमा नेपाली काँग्रेसका वसन्त गुरुङले ६०७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जयराम गुरुङले ४४३ मत प्राप्त गरेका छन् । 

यसैगरी सोही नगरपालिकाको वडा नं ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका दमाईसिंह तामाङले ६०५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद खनालले ४७६ मत प्राप्त गरे ।

सो नगरपालिकाको वडा नं– २ को वडाध्यक्षमा एमालेका सन्तबहादुर तामाङले ५६७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका लालाचन्द्र खतिवडाले ४७० मत प्राप्त गरे । 

यस्तै सो नगरपालिकाको वडा नं– ५ को वडाध्यक्षमा एमालेका सुदर्शन लुइँटेलले ५०३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजेन्द्र सिग्देलले ४४६ मत प्राप्त गरेका छन् । 

मेलम्ची नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नगर प्रमुखमा नेकपा एमालेका डम्वर अर्यालले दुई हजार ७६५ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका आइतमान तामाङले दुई हजार २१८ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका श्याम खड्काले एक हजार ३८५ र राप्रपाका फणिन्द्र दाहालले एक हजार ३२५ मत प्राप्त प्राप्त गरेका छन् । 

यस्तै सो नगरपालिकाको नगर उपप्रमुखमा एमालेकी भगवती नेपालले दुई हजार ८३९, काँग्रेसकी सविता गुरुङले दुई हजार २०४, राप्रपाकी कुमारी तामाङले एक हजार ४३१ र नेकपा माओवादी केन्द्रकी मुनादेवी ढकालले एक हजार १२८ मत प्राप्त गरेकी छिन् । रासस 

प्रकाशित: २ जेष्ठ २०७४ ०८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App