१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नुवाकोटमा १८ वडाको मतपरिणाम सार्वजनिक, काँग्रेसको अग्रता

नुवाकोट – २ नगरपालिका र १० गाउँपालिकामा रहेको नुवाकोटमा मतगणना जारी छ । ८८ वडा मध्ये १८ वडाको नतिजाले अन्तिम रुप लिएको छ । 

१८ वडाको मत परिणाम अनुसार नेपाली काङ्ग्रेस ७ वडामा विजयी भएको छ । यस्तै नेकपा एमालेले ६ र माओवादी केन्द्रले ५ वडामा आफ्नो नेतृत्व कायम गराउन सफल भएको छ । 

तार्केश्वर–६, शिवपुरी १, शिवपुरी–२, तादी १, दुप्चेश्वरी–१, किस्पाङ–२ र मेघाङ २ मा काङ्ग्रेस विजयी भएको हो । 

मेघाङ–१, बेलकोटगढी नगरपालिका १ र २, विदुर नगरपालिका १, ककनी १ र तार्केश्वर–५ मा नेकपा एमाले विजयी भएको छ । 

किस्पाङ १,  तादी २, सूर्यगढी १, पञ्चकन्या १, र दुप्चेश्वर २ मा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ । 

प्रकाशित: २ जेष्ठ २०७४ ०६:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App