१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धादिङमा एमाले १०, माओवादी ६ कांग्रेस ५ वडामा विजयी

धादिङ—धादिङको विभिन्न स्थानीयतहका २० वडाको मतगणना सार्वजनिक भएको छ। सार्वजनिक भएको नतिजाअनुसार धादिङमा एमालेले १० वडामा विजयी भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्र ५÷५ वडामा विजयी भएको छ। मंगलबार बिहानसम्मको मत परिणाममा एमाले अग्रस्थानमा छ।

धुनिबेसी नगरपालिकाको वडा नं. १ र २ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् भने वडा नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। वडा नं. १ मा एमालेका चन्द्रबहादुर तामाङले ७ सय १२ मत ल्याई विजयी भएका हुन्। वडा नं. २ मा बलराम कुँवर विजयी भएका छन्। त्यसैगरी वडा नं. ३ मा नेपाली कांग्रेसका प्रकास हमाल विजयी भएका छन्।    धुनिबेसी ५ मा नेकपा माओवादी केन्द्रका कृष्ण रेग्मी ६२४ मत सहित विजयी भएका छन्।

थाक्रे गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार इन्द्रबहादुर थापा विजयी भएका छन्। थापाले ६ सय ६१ मत र एमालेकोे स्यामसुन्दर थापाले ५ सय १५ मत प्राप्त गरेका छन्। यस वडामा कांग्रेस माओवादी केन्द्रबीच तालमेल थियो। थाक्रे ३ मा माओवादी केन्द्रका कुमार घले ९९१ मत ल्याएर विजयी भएका छन्। त्यस्तै थाक्रे वडा नं. ४ मा एमालेका गणेशमान वाइवा ७०८ मत सहित विजयी भएका छन्।

सिद्धलेक गाउँपालिकाको वडा नं १ र २ मा एमाले उम्मेदवार  विजयी भएका छन्। वडा नं १ का वडा अध्यक्षमा एमालेका चन्द्रबहादुर सिलवालले १ सय ४४ मत ल्याएर विजयी भएका हुन्। त्यस्तै वडा नं. २ मा एमालेका कमलबहादुर गुरुङले १ हजार ८२ मत ल्याई विजयी भएका छन्।

खनियाबास गाउँपालिका वडा नं. १ मा कांग्रेसका बुद्धि तामाङ २ सय ३१ मत ल्याएर विजयी भएका छन्।

ज्वालामुखी गाउँपालिका वडा नं. १ मा ९०१ मत ल्याएर नेकपा एमालेका रामप्रसाद सिलवाल विजयी भएका छन् भने नेपाली कांग्रेसका नरेन्द्र प्रताप शाहले २९३ मत मात्रै पाएका छन्। त्यस्तै ज्वालामुखी २ मा नेपाली कांग्रेसका रणबहादुर साही६२७ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्धन्दी एमालेका बाल बस्नेतले ४२९ मत प्राप्त गरेका छन्।

नेत्रावती गाउँपालिकाको २ वटा वडामा माओवादी केन्द्रले विजयी हात पारेको छ । नेत्रावती गाउँपालिकाको वडा नं. १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्र बहादुर पल्ली विजयी भएका छन् । वडा नं २ मा पनि माओवादी केन्द्रका उम्मेदवार सुन्दर थापा विजयी भएका छन्।

गल्छी गाउँपालिका वडा नं. १ मा ८८१ मत सहित एमालेका पूर्ण प्रसाद खतिवडा विजयी भएका छन्। निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका भाईकाजी तिवारी ४३२ मत मात्रै प्राप्त गरेका छन्। त्यस्तै गजुरी गाउँपालिका वडा नं. १ मा एमालेका राजकुमार पण्डितले ५ सय ९८ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिदन्दी माओवादीका तारा भण्डारीले ५ सय ५४ मत पाएका छन्।

गंगाजमुना गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका बहादुर तामाङ ४०१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्दी गुरुङ लामा तामाङले २४३ मत प्राप्त गरेका छन्।

दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. १ मा नेकपा माओवादीका नन्दु तामाङ २ सय ९२ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका उम्मेदवारले २ सय ७६ मत पाए । वेनिघाट रोराङ गाउँपालिका २ मा एमालेको पूरै प्यानल नै विजयी भएको छ । वडा नं २ का एमाले उम्मेदवार टंककुमार थापा ९ सय २८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धि माओवादी केन्द्रका हेमराज भुजेलले  ६९८ मत र नेपाली काँग्रेसका अनप धरेरले ५७ मत ल्याए ।

उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका नडा नं. १ मा एमालेका मिन बहादुर घले विजयी भएका छन्।

प्रकाशित: २ जेष्ठ २०७४ ०२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App