१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भरतपुरमा रेणु दाहाल फेरि पछि परिन्, देवी ज्ञवालीको अग्रता

भरतपुरमा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली तथा माओवादीकी रेणु दाहाल

चितवन—चितवनका सात स्थानीय तहमध्ये मतगणना भइरहेका छवटा स्थानीय तहमा एमाले अगाडि छ। भरतपुर महानगरपालिकामा मतगणनाको सुरुवाती परिणाममा सत्तारुढ गठबन्धन काँग्रेस माओवादीका उम्मेद्वारभन्दा अगाडी रहेको एमाले मध्यरातपछि पछि परेका थिए। मंगलबार बिहान आएको सुरुवाती परिणाममा फेरि एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएका छन्।

काँग्रेसको मत धेरै भएका वडाहरुमा गठबन्धनका उम्मेद्वारहरुले मत परिणाममा राम्रो सुधार गर्ने आशा अझै बाँकी छ। गठबन्धनलाई गएका केही मतहरु बदर भएका छन् तर गठबन्धन भन्दा बाहिरका उम्मेद्वारहरु राप्रपाका बद्रि तिमिल्सिनालाई मत नगएको प्रष्ट छ। एमाले उम्मेद्वार ज्ञवालीलाई मत हाल्ने काँग्रेस मतदाता धेरै नदेखिएका कारण गठबन्धन पक्ष आशावादी हुने ठाउँ देखिन्छ।

भरतपुर महानगरपालिकाको वडा नं। १ मा मंगलबार बिहानसम्म एक हजार ३७५ मत गणना भएको छ। जसमध्ये एमालेबाट मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले ६३४ मत ल्याएका छन्। सत्तारुढ गठबन्धन माओवादी काँग्रेसबाट मेयर पदमा उम्मेद्वार रहेकी प्रधानमन्त्री पुत्री रेणु दाहाल १३४ मतले पछाडि छन्। उनको ५०० मत आएको छ। उपमेयरमा एमालेकी दिब्य शर्माको ५५२ र काँग्रेस माओवादी गठबन्धनकी पार्वती शाहको ५५२ मत छ।

चार वडा अध्यक्ष विजयी

भरतपुर महानगरसहित एमालेले चितवनको इच्छाकामना गाउँपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकामा पनि अग्रता लिएको छ । इच्छाकामना गाउँपालिकाका दुईवटा, राप्ती नगरपालिकाको एउटा र माडी नगरपालिकाको एउटा वडामा एमालेका वडाध्यक्ष पदका उम्मेदेवारहरु विजयी भइसकेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी रेणु दाहाल मेयर पदको उम्मेद्वार रहेको भरतपुरको परिणाम प्रति धेरैको चासो छ। जित्ने बलियो सम्भावना रहेको ठाउँमा मेयर पद फिर्ता लिएर काँग्रेसले माओवादीको उम्मेद्वार रेणुलाई समर्थन गरेको थियो। तालमेलप्रति स्थानीय काँग्रेस कार्यकर्ता सुरुदेखि नै आक्रोशित थिए।

काँग्रेसको मत माओवादीलाई नजाने सम्भावना बढ्दै गएपछि दुवै दलहरुले संयुक्त अभियान नै चलाएका थिए। तालमेलको अन्यौलले मत बदर हुने खतरा पनि कायमै थियो। काँग्रेसका निरास मतदाताको भोट एमाले उम्मेद्वार देवी ज्ञवालीलाई जानसक्ने अड्कलबाजी पनि भएका थिए। सुरुवाती परिणामा सामान्य मतान्तरका साथ गठबन्धन उम्मेद्वारहरु कहिले अगाडि कहिले पछाडी भए पनि मेयर उपमेयरमा समान मत आएका कारण उनीहरुले राहत महसुस गरेका छन्।

गठबन्धन उम्मेद्वारहरुमा मेयर उपमेयर दुवैलाई बराबर मत आएका कारण काँग्रेसले माओवादीलाई मत दिदैनन् कि भन्ने आशंका मेटिएको देखिन्छ। काँग्रेसको मत धेरै भएका वडाहरुमा गठबन्धनका उम्मेद्वारहरुले मत परिणाममा राम्रो सुधार गर्ने आशा अझै बाँकी छ। गठबन्धनलाई गएका केही मतहरु बदर भएका छन् तर गठबन्धन भन्दा बाहिरका उम्मेद्वारहरु राप्रपाका बद्रि तिमिल्सिनालाई मत नगएको प्रष्ट छ। एमाले उम्मेद्वार ज्ञवालीलाई मत हाल्ने काँग्रेस मतदाता धेरै नदेखिएका कारण गठबन्धन पक्ष आशावादी हुने ठाउँ देखिन्छ।

प्रकाशित: २ जेष्ठ २०७४ ०२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App