१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लमजुङमा मतगणना सुरु

मध्यनेपाल नगरपालिकाको केन्द्र भोर्लेटारमा मतगणना गर्दै कर्मचारीहरू । तस्बिर : किसान संगीत नेपाली

लमजुङ  – लमजुङमा मध्यान्ह देखि मतगणना  सुरु भएको छ । मतगणना सुरु भएसँगै बिहानै देखि चासोका साथ नतिजाको प्रतिक्षामा बसेका सर्वसाधारण देखि कार्यकर्ता, उम्मेदवार र नेतासम्म आ–आफ्नो नगरपालिका र गाउँपालिका केन्द्रमा भेला भएका छन् । 

बिहान सर्वपक्षीय बैठक बसेर मतगणनाका क्रममा आउन सक्ने समस्या र गर्नुपर्ने कार्यहरुको विषयमा छलफल गरेपछि मतगणना सुरु भएको हो । बेसीशहर, सुन्दरबजार, मध्यनेपाल र राईनास नगरपालिका सवै स्थानमा मध्यान्ह पछि मतगणना सुरु भएको हो । क्होँलासोथर, मस्र्याङ्दी, दोर्दी र दूधपोखरी गाउँपालिका मध्येका मस्र्याङ्दीमा बिहान ९ बजेदेखि सुरु  भएको थियो भने दोर्दी र दूधपोखरीमा पनि मध्यान्ह देखि नै सुरु भएको हो । 

जिल्लामा महिला ५५ हजार २ सय ६५ र पुरुष ५० हजार ७ सय २७ गरि कूल १ लाख ५ हजार ९ सय ९२ जना मतदाता रहेकोमा ७३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सिना बताउँछन् ।

 

प्रकाशित: १ जेष्ठ २०७४ ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App