१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नुवाकोटमा मतगणना जारी,  एमालेको अग्रता

नुवाकोट – नुवाकोटको २ नगरपालिका र १० गाउँपालिकामा नै मतगणना जारी छ । अन्तिम नतिजा अनुसार नेकपा एमाले तीन र नेपाली काँग्रेस दुई तहमा अगाडि रहेको छ ।

एमालेले विदुर नगरपालिका, ककनी गाउँपालिका र तारकेश्वर गाउँपालिकामा प्रमुख र उप प्रमुखसहित अग्रता लिएको छ भने नेपाली काँग्रेस तादी गाउँपालिका र शिवपुरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित अगाडि छ।  

विदुर नगरपालिकामा एमालेको प्यानलनै अगाडि देखिएको छ । वडा नं. १ बाट सुरु भएको मतगणना अनुसार सात वटै पदमा एमालेकोे अग्रता छ । विदुर नगरपालिकाको प्रमुखमा एमालेले २४६, काँग्रेसले १७० र नेकपा माओवादी केन्द्रले २८ मत प्राप्त गरेको छ । त्यस्तै विदुर नगरपालिकाको उप प्रमुखमा एमालेको २१४, काँग्रेसको १९३, माओवादीको ३३ मत रहेको छ । वडा नंं १ मा एमालेको २४१, काँग्रेसको १७३ र माओवादीको ३० मत रहेको छ । महिला सदस्य, दलित महिला सदस्य र खुल्ला दुई सदस्यमा पनि एमालेकै मत बढी  छ।

तादी गाउँपालिकामा अध्यक्षमा काँग्रेसले अग्रता लिएको छ । काँग्रेसको ३४८, एमालेको २८५, माओवादी केन्द्रको १५४ मत रहेको छ । उपाध्यक्षमा तादी गाउँपालिकामा नेपाली काँग्रेसको ३५६, एमालेको २९६ र माओवादीको १२६ मत रहेको छ ।
शिवपुरी गाउँपालिकामा नेपाली काँग्रेस अगाडि देखिएको छ । गाउँपालिका अध्यक्षमा काँग्रेसको १७८, एमालेको ५६ र माओवादीको ६५ मत रहेको छ । शिवपुरी गाउँपालिका उपाध्यक्षमा काँग्रेसको मत ८२, एमालेको ५४ र माओवादीको ४६ रहेको छ।

तारकेश्वर गाउँपालिकामा एमाले अगाडि देखिएको छ । गाउँपालिका अध्यक्षमा एमालेले ८३, काँग्रेसले ५९, माओवादीले ३४ मत प्राप्त गरेको छ । गाउँपालिका उपाध्यक्षमा एमालेले ८२, काँग्रेसले ६३ र माओवादीले ६५ मत प्राप्त गरेको छ ।

त्यस्तै ककनी गाउँपालिकामा पनि एमाले अगाडि देखिएको छ । गाउँपालिका अध्यक्षमा एमालेले ८९, माओवादी केन्द्रले ६७ र काँग्रेसले ६६ मत प्राप्त गरेको छ।

यस्तै मेघाङ गाउँपालिकामा पनि एमाले अघि देखिएकको छ । प्रमुख पदमा एमालेले ६१, काँग्रेसले ३८ र माओवादी केन्द्रले ३० मत प्राप्त गरेको छ। 

 

प्रकाशित: १ जेष्ठ २०७४ ०६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App