१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गोली लागेका उम्मेदवारको मृत्यु

सुर्खेत – प्रहरीको गोलीबाट घाइते भएका राप्रपाका वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएको छ । कालिकोटको नरहरिनाथ गाउँपालिकाका राप्रपाका वडा अध्यक्षका उम्मेदवार धनरुप बटालाको आइतबार राति मृत्यु भएको हो । ४५ वर्षीय बटाला नरहरि गाउँपालिका–६ का वडा अध्यक्षका उम्मेदवार हुन् । 

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका खोस्ने क्रममा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर चार जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी योगेन्द्रकुमार खड्काका अनुसार घाइते तीन जनालाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको छ । प्रहरीको गोली लागेर माओवादी केन्द्रका कार्यकर्ता ४५ वर्षीय व्यासी विक राप्रपाका कार्यकर्ता ३० वर्षीय दानबहादुर बटाला र ३२ कुलबहादुर बटाला घाइते भएका छन्।

ति मध्ये दानबहादुर बटालाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । उनलाई चार गोली लागेको छ । आइतबार बेलुका सात बजेतिर घाइते भएकाहरुको सोमबार मात्रै सेनाले उद्धार गरेको थियो । सदरमुकामदेखि टाढा र पानी परेकाले राति नै उद्धारमा समस्या भएको थियो । सोमबार विहान सेनाको हेलिकोप्टरले घाइते र मृतकलाई सदरमुकाम मान्मा ल्याएको थियो । 

प्रकाशित: १ जेष्ठ २०७४ ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App