१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नुवाकोटमा मतगणना जारी, विदूर नपामा एमालेको अग्रता

नुवाकोट –  नुवाकोटमा दुई स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ । 

विदुर नगरपालिकाको वडा नं १ को मतगणना जारी छ । २८७ मत गनिएकोमा नेकपा एमालेका प्रमुखका उम्मेदवार सन्जु पण्डितले १५०, नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार ध्रुव अधिकारीले १०७ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रमा प्रमुखका उम्मेदवार लिलानाथ न्यौपानेले १४ मत ल्याएका छन् ।
 
त्यसैगरी नुवाकोटको तादी गाउँपालिकामा नेपाली काँग्रेस अगाडि देखिएको छ । अहिलेसम्म ८२३ मत गनिएकोमा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार नारायणप्रसाद पाण्डेले ३४८, नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी लामिछानेले २८५ र नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार मानसिंह तामाङले १५४ मत प्राप्त गरेका छन् । रासस 

प्रकाशित: १ जेष्ठ २०७४ ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App