१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ललितपुर महानगरमा कांग्रेसको अग्रता

काठमाडौं—ललितपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार मेयर पदका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जनले २१८ मत सहित अग्रता लिएका छन्। यस्तै एमालेका हरिकृष्ण ब्यञ्जनकारले १८४ मत र माओवादी केन्द्रका दिनेश महर्जनले ८३ मत ल्याएका छन्।

यर पदका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जनले २१८ मत सहित अग्रता लिएका छन्। यस्तै एमालेका हरिकृष्ण ब्यञ्जनकारले १८४ मत र माओवादी केन्द्रका दिनेश महर्जनले ८३ मत ल्याएका छन्।

महानगरकै उपमेयर पदका लागि कांग्रेसकी गीता सत्यालको २०३, एमाले सुकमाया लामा ११६ र माओवादी केन्द्रकी हसिना शाक्यको ८७ मत ल्याएकी छन्।

निर्वाचन कार्यालयका अनुसार वार्ड नम्बर १ बाट सुरु भएको मतगणनामा नेकाका निर्मल तण्डुकार २३५, एमालेले १८३ र माओवादी केन्द्रले ९३ मत ल्याएको छ।

यता महालक्ष्मी नरपालिकाको पछिल्लो विवरण अनुसार मेयर पदमा एमालेका रामेश्वर श्रेष्ठ १८७, माओवादी केन्द्र शिब कट्टेल १३५ र नेपाली कांग्रेसका महेश खड्काले ८४ मत ल्याएका छन्। महालक्ष्मीमा वार्ड नम्बर एकको मात्र मतपेटिका खोलिएको छ।

प्रकाशित: १ जेष्ठ २०७४ ०१:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App